बंगलादेशलाई हराउँदै उपाधि जित्ने लक्ष्यमा नेपाल


काठमाडाैँ। साफ यु–२० महिला च्याम्पियनसिप अन्तर्गत अन्तिम खेल आज नेपालले घरेलु टाेली बंगलादेशको सामना गर्दैछ।

ढाकाको बसुन्धरा स्पोर्ट्स मैदानमा हुने यस खेल नेपाली समयअनुसार दिउसोको ६ः४५ बजेबाट सुरु हुनेछ।

नेपाल पहिलो चरणको खेलमा बंगलादेशसँग २-३ गोल अन्तरले पराजित भएको थियो। बंगलादेश जारी प्रतियोगितामा अपराजित रहेकाे छ।

यस खेलले प्रतियोगिताको निर्णायक खेल हुनेछ। नेपललाई जित्नै पर्ने दबाब रहेको छ भने बंगलादेशलाई बराबरी भए मात्र पनि प्रतियोगिताको बिजेता बन्नेछ।

नेपाल र बंगलादेशको गोल अन्तर ६ गोलको रहेको भने बंगलादेश १२ अंक सगित नेपाल भन्दा ३ अंकले अगाडी रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको