काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
वर्षाका कारण लामो समय ढिलाइ भएको खेल ५–५ ओभरमा खेलाइने भएको छ। खेल राति ९:२० बजे सुरु हुनेछ।
यसअघि साँझ ७:२५ बजेका लागि तय भएको टस हुन नसकेपछि खेल अन्योलमा परेको थियो। लगातारको संवादपछि टस सम्पन्न भएको हो।
तपाईको प्रतिक्रिया !!!