एन्फा यु–१६ युथ लिग : मनाङ, भगवती र चर्च ब्वाइज विजयी


काठमाडौं। एन्फा यु–१६ युथ लिगमा बुधबार सम्पन्न खेलमा मनाङ मर्स्याङदी, श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेड विजयी भएका छन्।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएकाे दिनकाे पहिलाे खेलमा मनाङ २–० ले विजयी भएको हो। मनाङलाई जित दिलाउन प्रकाशले दुवै गोल दोस्रो हाफ गरेका हुन्।

यो नतिजासँगै सात खेलमा १४ अंक जोडेको मनाङ चौथो स्थानमा उक्लिएको छ। १३औं स्थानमा रहेको आर्मीको समान खेलबाट तीन अंक छ।

यस्तै दाेस्राे खेलमा आर्यन भण्डारीको निर्णायक गोलमा श्री भगवती क्लबले एन्फा यु–१६ युथ लिगमा कठिन जित हासिल गर्याे।

फ्रेन्ड्स क्लबलाई भगवतीले १–० ले पराजित गरेको हो। भगवतीलाई जित दिलाउन आर्यनले खेलको ५१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

जितसँगै आठ खेलमा ९ अंक जोडेको भगवती नवौं स्थानमा छ। तेस्रो स्थानमा रहेको फ्रेन्ड्सले समान खेलबाट १६ अंक जोडेको छ।

दिनकाे अन्तिम खेलमा शीर्ष स्थानकाे नेपाल पुलिस क्लब चर्च ब्वाइज युनाइटेडसँग ५–० ले पराजित भयाे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको