महिला युरो : इंग्ल्यान्ड र स्पेन उपाधिका लागि भिड्ने


जर्मनीलाई हराउँदै स्पेन फाइनलमा, उपाधिका लागि इंग्ल्यान्डसँग भिड्ने

काठमाडौँ। महिला युरो २०२५ को उपाधिका लागि इंग्ल्यान्ड र स्पेन भिड्ने भएका छन्।

स्विजरल्याण्डको लेत्झिग्रुंड रंगशालामा बुधबार राति सम्पन्न प्रतियोगिताको दोस्रो सेमिफाइनलमा खेलमा स्पेनले जर्मनीलाई १–० ले पराजित गरेको हो।

स्पेनको जितमा आइटाना बोनमटीले निर्णायक गोल गरिन्। उनको ११३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीबाट गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको हो।

जितसँगै स्पेनले अब उपाधिका लागि इंग्ल्यान्डसँग २७ जुलाई प्रतिस्पर्धा गर्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको