डुरान्ड कप : जमसेदपुरसँग आर्मी पराजित


काठमाडौं। नेपालको त्रिभुवन आर्मी फुटबल क्लब डुरान्ड कपको आफ्नो पहिलो खेलमा पराजित भएको छ।

बिहिबार भएकाे समूह ‘सी’ अन्तर्गको खेलमा आर्मी घरेलु टोली जमसेदपुर फुटबल क्लबसँग ३-२ ले पराजित भएकाे हाे।

जमसेदपुरलाई जित दिलाउन सार्थक गोलुई, मनवीर सिंह, निखिल बरलाले गोल गरे। आर्मीका लागि जर्जप्रिन्स कार्की र अनन्त तामाङले गोल फर्काए।

खेलको चौथो मिनेटमै सार्थकको गोलमार्फत जमसेदपुरले अग्रता लिएको थियो। २६औं मिनेटमा जर्जले आर्मीलाई बराबरीमा ल्याए।

३१औं मिनेटमा मनवीरले गोल गर्दा जमसेदपुरले पहिलो हाफमा २-१ को अग्रता लिएको थियो। ६४औं मिनेटमा अनन्तले गोल गर्दा आर्मी २-२ को बराबरीमा आयो।

तर, निखिले ७१औं मिनेटमा गोल गर्दै जमसेदपुरलाई रोमाञ्चक जित दिलाए। याे हारसँगै आर्मीले हारबाट प्रतियाेगिताकाे सुरुआत गरेकाे छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको