काठमाडौं। नेपाली टोलीले डाना कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
डेनमार्कमा भएको प्रतियोगितामा एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त यु–१४ टोलीले उपाधि जितेको हो।
उक्त टोलीले फाइनलमा केन्याको इलाइट सकर एकेडेमीलाई ३–० गोलले पराजित ग¥यो। विजयी टिमका लागि रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले समान १–१ गोल गरे।
तपाईको प्रतिक्रिया !!!


