सनिशा भट्टराई पोखरा निन्जाजको ब्रान्ड एम्बेसडर


काठमाडाैँ। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगका लागि पोखरा निन्जाजले चर्चित मोडल तथा अभिनेत्री सनिशा भट्टराईलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

नेपाली चलचित्र क्षेत्रमा परिचित अनुहार बनिसकेकी भट्टराईले निजाज क्लबसँग आबद्ध हुन पाउँदा आफूलाई अत्यन्त खुसी र गर्व लागेको प्रतिक्रिया दिएकी छन्।

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग आगामी भाद्र २० गतेदेखि भाद्र २८ गतेसम्म सञ्चालन हुनेछ। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग पोखरामा हुने तय भएको छ।

प्रतियोगितामा ६ विभिन्न फ्रेन्चाइज टिमहरुको सहभागिता रहने पक्का भइसकेको छ भने अक्सन समेत सम्पन्न भएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको