सनले टोटनह्याम छोड्ने


काठमाडौँ। दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सनले टोटनह्याम छोड्ने भएका छन्।

सनले टोटनह्याम छोड्ने निर्णयमा पुगिसकेको र क्लबलाई खबर समेत गरिरसकेको जानकारी दिएका छन्।

पत्रकार अलासडेयर गोल्डसँग कुरा गर्दै सनले भनेका छन्’ मैले टोटनह्याम छोडने भनेको छु। मेरो निर्णय भइसकेको छ, मैले यहाँ आफ्नो उत्कृष्ट प्रयास गरे र मलाई अब नयाँ चुनौती चाहिन्छ। यो मेरो जीवनको सबैभन्दा कठिन निर्णय हो। म बच्चाको रूपमा उत्तरी लन्डन आएको थिए। म जवानीको रूपमा छोड्दैछु।

सन २०१५ मा जर्मनी क्लब बायर लिभरकुसनबाट टोटनह्याम आएका थिए। ३३ बर्षिय सनले टोटनह्यामका लागि अहिलेसम्म ४५४ खेल खेल्दै १७३ गोल गरेका छन्। उनले टोटनह्याममा २०२४/२५ को युरोपा लिग जितेका थिए भने २०१८/१९ को च्याम्पियन्स लिगको उपविजेता बनेका थिए।

सन अमेरिकन मेजर लिग सकर क्लब लस एन्जल्स एफसी जानसक्ने बताइएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको