टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ


काठमाडाैँ। नेपाल गोर्खा खुकुरी मार्सल आर्टस संघको टोखा र तारकेश्वर शाखाले २७ जना खेलाडीको सफलतापूर्वक ब्ल्याक बेल्ट ग्रेडिङ सम्पन्न गरेको छ।

चौथो नेसनल ब्ल्याक वेल्ट ग्रेडिङ कार्यक्रम १० दिनसम्म टोखा–०८, जल्पा चोक, काठमाडौंमा आयोजना भएको थियो।

ग्रेडिङ संघका प्रमुख प्रशिक्षक रणबहादुर बोगटी र सहायक प्रशिक्षकले सञ्चालन गरेका थिए। ग्रेडिङका क्रममा खेलाडीहरूलाई आत्मरक्षा, अनुशासन र मार्सल आर्टस का विविध पक्ष बारे जानकारी गराइएको थियो।

समापन कार्यक्रममा संघका प्रमुख प्रशिक्षक बोगटीलगायतको उपस्थितिमा खेलाडीलाई प्रमाणपत्र र ब्ल्याक वेल्ट वितरण गरिएको थियो।

सिनियर वेल्टमा निराजन बोहरा पहिलो भए। ब्ल्यकवेल्ट ग्रेडिङमा विवेक रोकाया पहिलो, पुस्कर रोकाया दोश्रो र रविना लामा तेश्रो भए। सफलता राना मगर र आयुशा बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भए भने सुरज थापा मगर उत्कृष्ट प्रशिक्षक चुनिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको