काठमाडौं। प्रि-सिजन मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र एभरटन बराबरीमा रोकिएका छन्।
मर्सिडिज बेन्ज रंगशालामा आइतबार सम्पन्न खेलमा युनाइटेड एभरटनसँग २-२ को बराबरीमा रोकिएको हो।
युनाइटेडका लागि ब्रुनो फर्नान्डेस र मेसन माउन्टले गोल गरे। यता, एभरटनका लागि इलिमान नडियायेले गोल गर्दा एक गोल आत्मधाती उपहारस्वरुप प्राप्त भयो।
खेलको १९औं मिनेटमा फर्नान्डेसको पेनाल्टी गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो। ४०औं मिनेटमा नडियायेले एभरटनलाई बराबरीमा ल्याए।
माउन्टले ६९औं मिनेटमा गोल गर्दा युनाइटेड २-१ ले अगाडि बढ्यो। ६ मिनेटपछि नै आइडेन हेभनबाट आत्मघाती गोल हुन पुग्दा खेल २-२ को बराबरीमा आयो।
यस्तै, अर्को खेलमा वेस्टह्यामले बर्नमाउथविरुद्ध २-० को जित निकाल्यो।


