पहिलो हाफमा नेपाल र भुटान १-१ को बराबरीमा

काठमाडाैँ। एएफसी यू-२० महिला एसियन कप छनाेट अन्तर्गत समूह ए मा दाेस्राे खेलमा नेपाल भुटानकाे खेल जारी छ। जसमा पहिलाे हाफ सम्पन्न भएकाे छ।

पहिलाे हाफमा  नेपाल र भुटान १-१ काे बराबरीमा राेकिएका छन्।

नेपालकै समुह ए अन्तर्गत उत्तर कोरियाले साउदी अरेबियालाई १५-० ले पराजित गरेकाे थियाे।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल भुटान साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता भुटानमा अगस्ट ६ देखि १० सम्म हुने तालिका रहेको छ। नेपालले दोस्रो खेल साउदी अरेबियासँग अगस्त ८ मा र तेस्रो खेल अगस्त १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ।

आठ समुहको शीर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनाेट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शीर्ष तीन देश पनि एसिया कपका लागि छनाेट हुने छन्।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको