नासरको सहज जितमा रोनाल्डोको ह्याट्रिक


काठमाडाैँ। कप्तान क्रिस्टियानाे राेनाल्डाेकाे ह्याट्रिक प्रेरित आल नासरले क्लब मैत्रिपूर्ण खेलमा पाेर्चुगिज रियाे एभ एफसीलाई पराजित गरेकाे छ।

रियाे एभकाे घरेलु मैदान एस्टाडियो अल्गार्वमा गएराति सम्पन्न खेलमा नासर ४–० ले विजयी भएकाे हाे।

नासकाे जितमा राेनाल्डाेले खेलकाे ४४, ६३ र ६८औँ मिनेटमा पेनाल्टी गाेलमा गाेल गर्दै ह्याट्रिक पूरा गरे। यस्तै, नासरका लागि मोहम्मद सिमाकानले एक गाेल थपे।

खेलकाे १५औँ मिनेटमा सिमाकानले गाेल गर्दै नासरलाई सुरुआती अग्रता दिलाएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको