काठमाडाैँ। नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याथ्यु रोसले सिनियर टोलीको छनोटका लागि ३९ खेलाडीलाई बाेलाएका छन्।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार छनोट आइतबारदेखि मंगलबारसम्म हुनेछ। त्यसमा छनोट हुने खेलाडीलाई राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा समावेश गरिनेछ।
यस्तै, नेपाली टोलीले भदौ २१ र २४ गते बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल दशरथ रंगशालामा खेल्ने तालिका रहेकाे छ।



