जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित


काठमाडौं । नेपाल स्कुल फुटबल यु-१८ लिग (एनएसएफएल) मा आइतबार जेम्स थण्डरबोल्ट्स र केडब्ल्युएस लोख्युगले लगातार दोस्रो जित दर्ता गरेका छन्।

जेम्स मैदानमा सम्पन्न जेम्सले युलेन्स प्याथर्सलाई ५-१ तथा केडब्ल्युएसले चेल्सी फाल्कन्सलाई २-० ले पराजित गरे।

लगातार दोस्रो जितसँगै र केडब्ल्युएस लोख्युगले दुई खेलमा ६ अंक जोड्न जोडेका छन्। दुवै खेलमा पराजित युलेन्स प्याथर्स र चेल्सी अंकविहिन छन्।

जेम्सका आर्यन अमात्यले ह्याट्रिक गर्दा स्वयम श्रेष्ठ र आशिष पाँडेको नाममा समा एक गोल रह्यो।

आयर्नले तीन, ९ र ३२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यसैगरी स्वयमले २८ र आशीष पाँडेले ५९ मिनेटमा गोल गरे । यूलेन्सका लागि एक मात्र गोल ३६ मिनेटमा भएको थियो।

केडब्ल्युएसका लागि शुभम राउतले १८ र युसभ भट्टराईले ४२ मिनेटमा गोल गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको