काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईलाई जोर्डनको क्लब अल इत्तिहादले आफ्नो टोलीको नयाँ खेलाडीको रुपमा गरेको छ।
उनलाई एएफसी च्याम्पियनसिप लिग २०२५/०२६ को प्रारम्भिक चरणका लागि अल इत्तिहाद क्लबले अनुबन्ध गरेको हो। उनी गत साउन ६ गते नै जोर्डन पुगेकी थिइन्। तर, उनलाई क्लबले सोमबार मात्रै अनुबन्ध गर्दै सार्वजनिक गरेको हो।
समूह ‘बी’ मा भारतको ओडिशा फुटबल क्बल र सिंगापुरको लायन सिटी रहेको समूहमा इत्तिहादले एक खेल मात्रै जितेको थियो। समूह चरणको पहिलो खेलमा इत्तिहादले लायनलाई ५–० ले पराजित गरेको थियो। तर, दोस्रो खेलमा ओडिशासँग २–१ ले पराजित भयो।
यसपटक यो क्लब समूह ‘सी’ छ। यो समूहमा मलेसियाको केलाना युनाइटेड, सिंगापुरको लायन सिटी र किर्गिजस्तानको सड्युशोर एसआई एसियागोल रहेका छन्।
यो समूहको खेल मलेसियामा हुनेछ। इत्तिहादले पहिलो खेल अगस्ट २५ मा लायनसँग खेल्नेछ।
इत्तिहात क्लब जोर्डनको अम्मानमा अवस्थित छ। यो क्लबले जोर्डम महिला प्रो लिग खेल्दै आएको छ। यो ७ वर्षअघि (सन् २०१८ मा) मात्रै स्थापना भएको क्लब हो। क्लबमा पाकिस्तानी फरवार्ड नाइमा बोहानी पनि अनुबन्धित छन्।
यो क्लबले सन् २०२३ र २०२४ मा लगातार लिग जितेको थियो। यो क्लबले गत वर्षपछि एएफसी महिला च्याम्पियनसिप लिगको प्रारम्भिक चरणका खेल खेलेको थियो।


