साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल सुरु


काठमाडाैँ। साउथ वेस्टर्न स्टेट कलेजको आयोजनामा प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ।

पहिलो दिन ४ चरणको खेल सकिँदा ६ खेलाडी संयुक्त रुपमा शीर्ष स्थानमा छन् । बिर्तामोड कलेजका मिसन दाहाल, हेराल्ड कलेजका रिसोन थापा, बीएन एकेडेमीका अविन पाण्डे, आयोजक साउथ वेस्टर्नका पुरुषोत्तम सिलवाल, पुल्चोक इन्जिनिएरिङ कलेजका सुजन काफ्ले र सेन्ट जेभियर्सका अभिक शाह संयुक्त रुपमा शीर्ष स्थानमा छन्। नौ चरणसम्म खेल हुनेछ।

प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे। सो अवसरमा आयोजक साउथ वेस्टर्नका क्याम्पस प्रमुख डा. राजेन्द्र केसी, टोखा नगरपालिका वडा ७ का अध्यक्ष नरोत्तम राणा, वडा ५ का अध्यक्ष मदन गुरुङ, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, साउथ वेस्टर्नका भाइस प्रिन्सिपल हरिसिंह केसीलगायतको उपस्थिति रहेको थियो।

बसुन्धरास्थित आयोजककै हातामा भइरहेको दुईदिने प्रतियोगितामा विभिन्न ४० कलेजका १ सय भन्दा बढी खेलाडी सहभागी छन्। कुल नगद पुरस्कार राशी १ लाख ४२ हजार रुपैयाँ रहेको छ। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार हात पार्ने छन्। सातौंदेखि दसौं स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिने छ। महिलातर्फ शीर्ष २ स्थान हात पार्नेलाई छुट्टै क्रमशः १० हजार र ५ हजार नगदबाट पुरस्कृत गरिने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको