जुडो टोली जोर्डनको अम्मान जाने


काठमाडाैँ। अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षमा सहभागी हुन ३ सदस्यीय नेपाली जुडो टोली बिहीबार जोर्डनको अम्मान जाने भएको छ।

अगष्ट १५ देखि १९ तारिखसम्म हुने सेमिनारमा राधादेवी राई, रवि चौधरी र कविता पुन सहभागी हुने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे। सो अवसरमा राखेपका सदस्य प्रकाशकुमार कुसारीलगायतको उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको