काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रीलंकामा आयाेजना हुने (साफ) यु-१७ च्याम्पियनसिपका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
एन्फाले बुधबार बन्द प्रशिक्षणमा रहेका खेलाडीको नाम सार्वजनिक गर्दै उनीहरूलाई भदौ १ गते मोरङको विराटचोकस्थित नेपालीरिका होटलमा आइपुग्न अनुरोध गरेको छ।
साफ सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुँदैछ। समूह ‘ए’ मा नेपाल, श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स छन्।
नेपालले सेप्टेम्बर १५ मा घरेलु टोली श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी



