पीएसजीलाई यूईएफए सुपरकपको उपाधि


काठमाडौँ। युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी०)ले यूईएफए सुपरकपको उपाधि जितेको छ।

नयाँ सिजनको पहिलो उपाधि जित्ने क्रममा बुधबार राति पीएसजीले टोटनहमलाई टाइब्रेकरमा ४–३ ले हराएको हो। निर्धारित समयको खेल भने २–२ को बराबरीमा रहेको थियो।

इटालीको युडिनेजीमा भएको खेलमा पहिलो हाफमा मिकी भान डे भेन र क्रिस्टियन रोमेरोको गोलको मदतले टोटनहम २–० ले अगाडि थियो। त्यसपछि पीएसजीका लागि ली काङ–इनले ८५ औं मिनेटमा पहिलो गोल गरे।

इन्ज्युरी समयको चौथो मिनेटमा गोन्जालो रोमोसले बराबरी गोल गरे। टाइब्रेकरमा भने नुनो मेन्डिजले फ्रान्सेली च्याम्पियनका लागि निर्णायक गोल गरे। कुनै पनि फ्रान्सेली क्लबले सुपरकप जितेको यो पहिलो पटक हो। यस्तै सन् २०२५ मा पीएसजीले जितेको उपाधि संख्या पाँच पुगेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको