एन्फा महिला लिग छनाेटमा आज दुई खेल हुँदै


काठमाडौं। एन्फा महिला लिग छनोटमा आजमा (शुक्रबार) पनि दुई खेल हुँदैछ।

साताेबाटाेस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा हुने दिनकाे पहिलो खेलमा राप्ती एएफसी र आरबी रिसोर्ट एन्ड बिच फुटबलबीच भिड्दै हुनेछ। खेल अपरान्ह १२ः३० बजेवाट सुरू हुनेछ।

यस्तै, दाेस्राे खेलमा बुटवल लुम्बिनी एफसीले लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरसँग खेल्ने छ। याे खेल दिउँसाे ४:१५ बजेबाट सुरु हुनेछ। प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ।

सहभागी मध्यबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन्। समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थानमा रहने दुई टोलीबीचमा प्ले अफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ।

यसअघि बिहीबार भएकाे खेलमा छहारी तथा सङ्कटा फुटबल क्लब विजयी भएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको