लिभरपुलकाे विजयी सुरुआत


काठमाडाैँ। साविक विजेता लिभरपुलले इङ्लिस प्रिमियर प्रिमियर लिगको नयाँ सिजन २०२५-२६ मा विजयी सुरुआत गरेकाे छ।

लिभरपुलले शुक्रबार राति सम्पन्न उद्घाटन खेलमा बर्नमाउथलाई ४–२ ले पराजित गरेको हाे। एनफिल्डमा भएको खेलमा ह्युगो एकिटिके र कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई २–० ले अगाडि राखेका थिए।

तर एन्टोनियो सेमेन्योले दोस्रो हाफमा दुई गोल गरेपछि खेल बरारीको स्थितिमा रह्यो। फेडारिको चिएसाले ८८औं मिनेट गोल गरेपछि लिभरपुलले फेरि अग्रता बनायाे। मोहम्मद सलाहले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै लिभरपुलको जित निश्चित गरे।

जितसँगै लिभरपुलले तीन अंक बटुलेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको