नेपालले पायाे १८४ रनको लक्ष्य


काठमाडाैँ। अष्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजमा नेपालले आफ्नाे दाेस्राे खेलमा बंगलादेश ए ले १८४ रनकाे लक्ष्य दिएकाे छ।

अष्ट्रलियाकाे डार्वीनमा टस जितेर पहिले ब्याटिङ थालेकाे बंगलादेश ए ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायाे।

बंगलादेशका लागि जिसन आलमले ४६ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ७३ रनको योगदान गरे। यसैगरी अफिफ हुसेनले अविजित ४८, मोहम्मद नइमले २५ र सइफ हसनले ११ रन बनाए।

नेपालका लागि रिजन ढकालले दुई तथा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट लिए।

यसअघि पहिलाे खेलमा नेपाल घरेलु टाेली नर्दर्न टेरिटाेरी स्टाइकरसँग ४२ रनले पराजित भएकाे थियाे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको