झापाको शानदार जित


काठमाडौं। झापा एफसीले एन्फा महिला लिग छनोटमा शानदार जित दर्ता गरेकाे छ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार सम्पन्न खेलमा झापाले नेपाल वेस्ट म्यानेजमेन्ट टिमलाई ७-० गाेलले पराजित गरेकाे हाे।

झापालाई जित दिलाउन एल्मा राईले ह्याट्रिक गर्दा पुष्पाकुमारी खड्काले दुई तथा सुनकला राई र मनिता तामाङले समान एक गोल थपिन्।

जितसँगै झापाले तीन अंक जाेडेकाे छ।

खेलको १७औं मिनेटमा सुनकलाको गोलमार्फत झापाले अग्रता लिएको थियो। आठ मिनेटपछि नै एल्माले टोलीको अग्रता दोब्बर बनाइन्। पहिलाे हाफमा २–० काे अग्रता बनाएकाे झापाका लागि एल्माले ५७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्। ६८औं मिनेटमा पेनाल्टीमा चुक्दा एल्माले ह्याट्रिक गर्ने अवसर गुमाइन्।

मनिताले ८१औं पुष्पाले ८५ र ८७औं मिनेटमा गोल गर्दा झापाको अग्रता ६-० मा पुग्यो। एल्माले निर्धारित समयको अन्तिम मिनेटमा ह्याट्रिक पूरा गरिन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको