काठमाडौं। चेल्सी प्रिमियर लिगको पहिलो खेलमै अंक बाँड्न बाध्य भएको छ।
आइतबार घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिँदा चेल्सीले जितसँग लिग यात्रा सुरु गर्न सकेन।
गत महिना अमेरिकामा भएको फाइनलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी)लाई हराउँदै चेल्सीले क्लब विश्वकप जितेको थियो।
छोटो प्रि–सिजनका कारण घरेलु लिगको उद्घाटन खेलमा भने चेल्सी लयमा देखिएन।


