चर्च ब्वाइजकाे सहज जित


काठमाडौं। एन्फा महिला लिग छनोटमा चर्च ब्वाइज युनाइटेड सहज जित हासिल गरेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न दिनकाे पहिलाे खेलमा चर्च ब्वाइजले एफसी रिएलेविरुद्ध ६-० को जित निकालेको हो।

चर्च ब्वाइजलाई जित दिलाउन सुजता फालुङ्वा र आशिका थापाले समान दुई तथा मनिषा तुमरोक र वर्षा ओलीले गोल गरे। यससँगै चर्च ब्वाइजले तीन अंक जोडेको छ। दुवै खेलमा पराजित रिएले अंकविहीन छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको