काठमाडाैँ। एभीएम टेबलटेनिस क्लब र स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन-३ को दोस्राे दिन सोमबार संयुक्त रुपमा शीर्ष स्थानमा छन् । दोस्राे चरणको खेल सकिँदा दुवैले समान १८–१८ अंक जोडेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा टप स्पिन टेबलटेनिस गुड्स नेपाल र द ड्रागन्स टेबटेनिस क्लबले समान १७–१७ अंक जोडे।
कीर्तिपुर नगरपालिका र खोल्चा पुखु खेलकुद समितिको समान १६–१६ अंक छ। होप्स टेबलटेनिस एकेडेमीले १३ अंक जोडेको छ भने भोर्टेक्स नेपाल टेबलटेनिस क्लब र ओल्ड रेस्ट्रोको समान १२–१२ अंक छ। यल टेबलटेनिसले ११ अंक बटुल्यो।


