नेदरल्याण्ड्सकी रोमीले मधेशबाट खेल्ने


काठमाडाैँ। एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रा लाई अनुबन्धन गरेको छ।

मधेशले भिनस्ट्रालाई पहिलो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो।

नेदरल्याण्ड्समा महिला भलिबलको क्षेत्रमा पछिल्ला वर्षहरूमा नयाँ पुस्ताका खेलाडीहरू उदाउँदै आएका छन्। तीमध्ये एक नाम रोमी भिनस्ट्राको पनि रहेको छ। भिनस्ट्राले आफ्नो उत्कृष्ट खेलकौशल र प्रतिबद्धताले छोटै उमेरमै सफलता प्राप्त गरेकी छिन्।

मधेसकाे टिमा: निरुता ठगुन्ना मार्की०, आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना
प्रशिक्षक कोपिला उप्रेती


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको