स्टुडेन्ट र छहारी तथा झापा र संकटा भिड्दै


काठमाडाैँ। एन्फा राष्ट्रिय महिला लिग छनाेटमा मंगलबार दुई खेल हुँदै छ।

सातदाेबाटाेस्थित एन्फा मुख्यालय मैदानमा हुने दिनकाे पहिलाे खेलमा स्टुडेन्ट फुटबल क्लबले छहारी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। याे खेल १ बजेबाट सुरु हुनेछ। यसअघिका दुवै टाेलीले आ–आफ्नाे खेलमा जित हासिल गरिसकेका छन्। दुवै टाेली दाेस्राे खेलमा दाेस्राे जितकाे खाेजिमा हुनेछन्।

यस्तै दाेस्राे खेलमा झापा एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। याे खेल दिउँसाे ४:१५ बजेबाट सुरु हुनेछ। दुवै टाेली दाेस्राे जितकाे खाेजिमा हुनेछ।

जारफ प्रतियोगितामा १४ टोलीको सहभागिता रहेकाे छ। सहभागी मध्यबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन्। समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थानमा रहने दुई टोलीबीचमा प्ले अफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको