काठमाडाैँ। साउदी सुपर कप अन्तर्गत सेमिफाइनलकाे खेलमा क्रिस्टियानाे राेनाल्डाे आबद्ध अल नासर र करिम बेन्जेमा आबद्ध अल-इत्तेहाद भिड्दै छन्।
हङकङ स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार मंगलबार साझँ ५:४५ बजेबाट सुरु हुनेछ। याे खेलकाे विजेता फाइनलमा प्रवेश गर्नेछ।
यस्तै, दाेस्राे सेमिफाइनलमा बुधबार साेहि समयमा अल-कादिसियाह र अल-अहली साउदीबीच प्रतिस्पर्धा हुनेछ।
