काठमाडाैँ। अल नासर साउदी सुपर कपकाे फाइनलमा प्रवेश गरेकाे छ।
हङकङ स्टेडियममा मंगलबार सम्पन्न सेमिफाइनलकाे पहिलाे खेलमा क्रिस्टियानाे राेनाल्डाे नासरले आबद्धर करिम बेन्जेमा आबद्ध अल-इत्तेहादलाई २-१ गाेलले पराजित गरेकाे हाे।
नासरलाई फाइनल पुर्याउन साडियाे माने र जाओ फेलिक्सले गाेल गरे।
खेलकाे १०औँ मिनेटमा मानेकाे गाेलबाट नासरले अग्रता बनाएकाे थियाे। १६औँ खेलमा अल-इत्तेहादले गाेल फर्काउँदै खेल १-१ काे बराबरीमा ल्याउन सफल भयाे। २५औँ मिनेटमा मनेले राताे कार्ड व्यहाेरेपछि नासर १० खेलाडीमा समेटिएकाे थियाे।
६१औँ मिनेटमा फेलिक्सले गाेल गर्दै नासरलाई फाइनल पूर्याउन सफल भए। नसारले अब फाइनलमा अल-कादिसियाह र अल-अहली साउदीबीच विजेतासँग खेल्नेछ।
