ग्रिनल्यान्ड बास्केटबल बिहीबारदेखि

काठमाडाैँ। ग्रिनल्यान्ड आवासीय माविको आयोजनामा १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

प्रतियोगितामा ३ विधामा ५६ टिमको सहभागिता रहने ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ टिमले भाग लिने छन्।

लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा जम्मा १ सय १ खेल हुनेछ। प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने ग्रिनल्यान्डका सह–प्राचार्य विनोद घिमिरेले जानकारी दिए। विद्यालय प्रतियोगिताको पुरानो मध्येको एक ग्रिनल्यान्ड बास्केटबल २०६० सालदेखि सुरु भएको थियो। २०६२÷६३ को जनआन्दोलन, २०७२ सालको महाभूकम्प र २०७५÷७६ को कोभिड महामारीका समय प्रतियोगिता हुन सकेको थिएन।

गत संस्करणको सिनियर ब्वाइज÷गल्र्सको उपाधि भ्याली पब्लिकले जितेको थियो। जुनियर ब्वाइजमा गोल्डेनपिक च्याम्पियन बनेको थियो। दसदिने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजककै कोर्टमा खेलाइने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको