टाइमलाइनको विजयी सुरुआत

काठमाडाैँ। आयोजक टाइमलाइन स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार विजयी सुरुआत गरेको छ।

गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित घरेलु कोर्टमा टाइमलाइनले लर्डस् लाइट एकेडेमीलाई ११–१० को झीनोअन्तरले पराजित ग¥यो। टाइमलाइनकी सुप्रिया वाइबाले ८ अंक जोडिन्।

सिनियर गल्र्समै बागमती बोर्डिङ स्कुलले मनकामनालाई १४–९, यङ हार्ट्सले पल्र्सलाई १३–१ र गोकर्णेश्वरले इस्ट पोललाई ४–१ ले हराए। बागमतीकी डिकी शेर्पाले ६, यङ हार्ट्सकी डोमा लिम्बूले ५ र गोकर्णेश्वरकी समृद्धि बुढाथोकीले ४ स्कोर गरे।

सिनियर ब्वाइजमा बागमतीले अक्षर एकेडेमीलाई ३९–२४, सर्वनम शिक्षालयले विद्या आर्जनलाई ३४–२४, चैतन्यले एम्बासडरलाई ४६–२७ र प्रारम्भ एकेडेमीले भेनस पब्लिक स्कुललाई २६–२२ ले पाखा लगाए। बागमतीका आयुश बस्नेतले १८, सर्वनमका निग्मा शेर्पाले १२, चैतन्यका विप्लवले १९ र प्रारम्भका आशिष मगरले १४ अंक बटुले।

प्रतियोगिता टाइमलाइनका अध्यक्ष नवराज रिजाल प्रिन्सिपल रामप्रसाद बडालले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे। प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक राजेन्द्र लम्सालले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको