काठमाडौं। साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले नेपालले आज आयोजक भुटानको सामना गर्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो ५:४५ बजेदेखि शुरु हुँदैछ।
यसअघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो। त्यस्तै भुटान आफ्नो पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएकाे थियाे।
अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन्। डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।
नेपालले अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ।
