राेमाञ्चक खेलमा नेपाल एक रनले पराजित


काठमाडाैँ। अस्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजकाे आफ्नाे अन्तिम खेलमा नेपाली राष्ट्रिय टोली पाकिस्तान शाहीन्ससँग पराजित भएको छ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा शुक्रबार सम्पन्न खेलमा नेपाल एक रनले पराजित भएकाे हाे।

पाकिस्तानले प्रस्तुत गरेको १४५ रनको लक्ष्य नेपालले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १४३ रनमात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४४ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५२ रन बनाए । यसैगरी दीपेन्द्रसिंह ऐरीले ४१, आसिफ शेखले २७ र लोकेश बमले १० रन बनाए ।

पाकिस्तानका लागि मोहम्मद वासिम र फैसल अक्ररमले समान दुई तथा मोहम्मद सलमानले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनको योगफल तयार पारेको थियो ।

याे चौथो पराजयसँगै ६ खेलमा चार अंक जोडेको नेपाल प्रतियोगिताबाट बाहरिएको छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको