काठमाडाैँ। एन्फा महिला लिग छनाेट स्टुडेन्ट फुटबल क्लबले एफसी रिएल फुटबल क्लबलाई पराजित गरेकाे छ।
च्यासल मैदानमा शुक्रबार सम्पन्न खेलमा स्टुडेन्ड ३–१ ले विजयी भएकाे हाे। स्टुडेन्डकाे जितमा सुशीला सुस्लिङ, पूर्णिमा थारु र सबिना तामाङले गोल गरिन्।
स्टुडेन्डले पहिलो हाफमा १–० काे अग्रता बनाएकाे थियो। २७औँ मिनेटमा सुशीला सुस्लिङले स्टुडेन्टलाई अग्रता दिलाएकी थिइन्। ६६औँ मिनेटमा पूजा थेबेले रियलका लागि बराबरी गोल गरेकी थिइन्। ७८औँ मिनेटमा पूर्णिमा थारुको गोलमा अग्रता लिएको स्टुडेन्टका लागि इन्जुरी समयमा सबिना तामाङले गोल गरिन्।
सबिना खेलको प्लेयर अफ द म्याच समेत घोषित भइन्।
