केनको ह्याट्रिकमा बायर्नको शानदार सुरुआत

काठमाडौँ। ह्यारी केनको ह्याट्रिकको मद्दतले बायर्न म्युनिकले जर्मन बुंडेसलिगाको नयाँ सिजन विजयी सुरुआत गरेको छ।

शुक्रबार राति सम्पन्न खेलमा साविक विजेता बायर्नले आरबी लाइपजिगलाई ६–० को फराकिलो अन्तरले पराजित गर्यो।

बायर्नको जितमा केनले ६४, ७४ र ७७ औँ मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरे। मिचेल ओलिसले दुई तथा लुइस डियाजले थप एक गोल योगदान गरे।

यो जितसँगै बायर्नले घरेलु लिगमा शानदार सुरु गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको