बार्सिलोनाको लगातार दोस्रो जित


काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित हासिल गरेको छ।

साविक विजेता बार्सिलोनाले शनिबार राति सम्पन्न खेलमा लेभान्टे युडीलाई ३-२ ले पराजित गरेको हो।

बार्सिलोनाको जितमा पेड्री, फेरान टोरेजले एक एक गोल गरेका थिए भने एक गोल लेभान्टेका उनै एल्गेजाबलले आत्मघाती गोल गरेका थिए। त्यस्तै लेभान्टेका इभान रोमेरो र जोसे लुइस मोरालेजले एक एक गोल गरेका थिए।

जितसँगै बार्सिलोनाले नयाँ सिजनमा ६ अंक जोडेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको