साफ महिला यु–१७ : बंगलादेशसँग नेपाल पराजित

काठमाडाैँ। साफ महिला यु–१७ च्याम्पियनसिप नेपालले दाेस्राे पराजय ब्यहाेरेकाे छ।

भुटानकाे चाङ्लिमिथाङ रंगशालामा आइतबार सम्पन्न तेस्रो खेलमा बंगलादेशसँग नेपाल ३–० ले पराजित भएकाे हो।

योसँगै बंगलादेशले २ खेलबाट ६ अंक पुर्‍याएको छ। बंगलादेशले पहिलो खेलमा भुटानलाई ३–१ ले हराएको थियो। दोस्रो खेलमा भने भारतसँग २–० ले पराजित हुन पुगेको थियो। भारत भने ९ अंकसहित शीर्ष स्थानमा छ।

यसअघि पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको नेपालको ३ अंक छ। नेपालले प्रतियोगितामा एक मात्रै जित भुटानविरुद्ध २–१ को निकालेको थियो। भुटान भने तीनवटै खेल हार्दै पुछारमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको