काठमाडौँ। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड नयाँ सिजनकाे सुरुआतमै खराब लय कायम गरेकाे छ। पहिलाे खेलमा निराश बनेकाे युनाइटेड दाेस्राे खेलमा पनि स्पष्ट तीन अंक हासिल गर्न सकेन्।
आइतबार राति सम्पन खेलमा युनाइटेड फुलह्यामसँग १-१ को बराबरीमा रोकिएकाे हाे।
खेलको ५६औं मिनेटमा रोड्रीगो मुनिजको आत्मघाती गोलमा युनाइटेडले सुरुआती अग्रता लिएको थियो। ७३औं मिनेटमा एमिल स्मिथ रोवले गोल गर्दै फुलह्यामकाे लागि खेल बराबरी गरे।
त्यसअघि ३८औं मिनेटमा युनाइटेडले पेनाल्टीकाे अवसर पाएकाे थियाे। उक्त पेनाल्टीमा कप्तान ब्रुनाे फर्नान्डेस चुकेका थिए।


