काठमाडौं. नेपालको मार्सल आटर्स खेलमा योगदान पु¥याएका नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल कुमार शाहका अन्तर्राष्ट्रिय अवार्ड २०२५ बाट सम्मानित भएका छन्।
आभा फाउन्डेसन नेपाल, स्क्वेर युनिभर्सल, साउथ एसियन बिजनेस र एबिएम पाटर्नरसिप गरी चार संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा मार्सल आर्ट्स क्षेत्रमा लामो योगदान पु¥याएका शाहलाई सम्मान गरिएको हो।
जमलस्थित राष्ट्रिय नाचघरमा भएको सम्मान कार्यक्रममा जलश्रोत तथा खानेपानी पूर्वमन्त्री अब्दुल खानले अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५ बाट सम्मान गरेका हुन्। मार्सल आर्ट्समा समर्पित शाहलाई बेस्ट प्रिसिडेन्ट मार्सल आर्ट्स अवार्ड प्रदान गरिएको थियो। यसै वर्ष अप्रिलमा नेपालले विश्व केम्पो च्याम्पियनसिपमा सात वटा पदक जितेको थियो। त्यसमा तीन रजत र चार कांस्य पदक थिए।
शाहको नेतृत्वमा नेपालले मार्सल आटर्स क्षेत्रमा रहेका क्षमतावान् खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गर्दै आइरहेका छन्। उनको यो समर्पण र योगदानलाई प्रोत्साहित गर्न सम्मान गरिएको संस्थाले उल्लेख गरेको छ। सम्मानित भएपछि शाहले यस किसिमका सम्मानले नेपाली केम्पो टिमलाई थप प्रेरणा मिलेको उल्लेख गरे। ‘यो सम्मानले मलाई र नेपाल केम्पो टिमलाई थप मिहेनत गर्न प्रोत्साहन मिलेको छ,’शाहले भने, ‘त्यसैले यस किसिमको प्रोत्साहनका लागि आयोजक संस्थाप्रति धन्यवाद दिन चाहन्छु।’ उनले नेपालको मार्सल आटर्स क्षेत्रमा थोरे समयमा पनि नेपाल केम्पोले धेरै सफलता पाइरहेको विश्वास व्यक्त गरेका छन्।


