काठमाडाैँ। पूर्व राष्ट्रिय फुटबल खेलाडी असिम भुसालले सञ्चालनमा ल्याएको एलकेबी फुटबल एकेडेमीले एक वर्ष पूरा गरेको छ।
उमेर समूहबाट नेपालको प्रतिनिधित्व गरिसकेका आसिमले गत वर्षको भदौ १ गतेदेखि आफ्ना स्वर्गिय बुबा ललितकुमार भुसालको सम्झनामा यो फुटबल एकेडेमी सञ्चालमा ल्याएका थिए।
ललितपुर महानगरपालिका वडा नं २३, धापासीस्थित एकेडेमीले शनिबार बुबाको मुख हेर्ने दिनको अवसर पारेर आफ्नाे पहिलो वार्षीकोत्सव मनाएको हो।
वार्षीकोत्सव कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका सदस्य मणिकुमार लामा, सनिश श्रेष्ठ, योगेश गुरुङ, रोहन कार्की, अनिल महर्जन र आदित्य शाक्य, लतिपुर महानगरपालिका वडा नं.२३ का अध्यक्ष जीवन महर्जन, ग्रेस फुटसलका संचालक पुष्पल कार्कीलगातयको उपस्थिति थियो।
असिमले पछिल्लो पटक फ्रेन्ड्स क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए।
