काठमाडौं। भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दै छ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउसो २:४५ बजेदेखि शुरु हुँदैछ। आजै भारत र भुटानबीचको खेल दिउसो ५:४५ बजेदेखि हुँदैछ।
यसअघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो। त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले हारेको थियो।
अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएकाछन्। डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।
नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ।


