काठमाडाैँ। चौथो श्रेणीको क्लब ग्रिम्स्बी टाउनसँग पेनाल्टी सुटआउटमा पराजित भएसँगै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड यस सिजनको लिग कपबाट बाहिरिएको छ।
बुधबार राति सम्पन्न खेलमा युनाइटेड पेनाल्टीमा १२–११ ले पराजित भएकाे हाे। निर्धारित समय २–२ काे बराबरीमा सकिएपछि खेलकाे नतिजा पेनाल्टीबाट भएकाे हाे।
त्यसअघि युनाइटेडले पहिलो हाफमै २-० ले पछि परेकाे थियाे। दाेस्राे हाफ मुख्य खेलाडी उतारेपछि अन्त्यतिर लगातार गोल गर्दै खेललाई पेनाल्टीसम्म पुर्याएको थियो।
चार्ल्स भेरनाम र टेरेल वारेनको गोलले ग्रिम्स्बीले दुई गोलको अग्रता लिएको थियो। ब्रायन एमबेउमो र ह्यारी म्यागुएरले युनाइटेडका लागि गोल फर्काए।


