काठमाडाैँ। ग्रिनल्यान्ड र न्युटन १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सेमिफाइनलमा प्रवेश गरेका छन्।
धापासीस्थित घरेलु कोर्टम बिहीबार ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २४–१६ ले पराजित ग¥यो। ग्रिनल्यान्डको जितमा आहाना खड्काले ७ अंक योगदान गरिन्। आइरिन राणाको ६ अंक सहयोगमा न्युटनले फेरिल्यान्डलाई १७–१६ को साँघुरोअन्तरले हरायो।
सिनियर ब्वाइजमा किङडमले जिनियस वल्र्डलाई ४६–३५ तथा न्युटनले भ्याली पब्लिकलाई ५८–४५ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। किङडमका मिङमा लामाले २० तथा न्युटनका उज्ज्वल श्रेष्ठले २१ स्कोर गरे।
जुनियर ब्वाइजमा जेबी स्कुल सेमिफाइनलमा पुग्यो। जेबीले लालीगुराँस नेसनल एकेडेमीलाई १९–१३ ले पन्छायो । जेबीका गौरव ओलीले ११ अंक जोडे।
