बागमती सेमिफाइनलमा

काठमाडाैँ। बागमती बोर्डिङ स्कुल दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ।

बागमतीले लर्डस् लाइट एकेडेमीलाई १४–८ ले पराजित ग¥यो। बागमतीकी डिकी शेर्पाले ७ अंक जोडिन्। गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइनमा भइरहेको प्रतियोगितामा नेमोनिक मोर्डन एकेडेमी, बाल संसार र काठमाडौं जेभियर्स पब्लिक स्कुल पनि सेमिफाइनलमा पुग्न सफल भए।

नेमोनिकले भेनस पब्लिक स्कुललाई १९–१५ ले हरायो। नेमोनिककी युसिका तामाङले ११ स्कोर गरिन्। बाल संसारले विट्स एकेडेमीलाई १४–१२ ले पाखा लगायो। बाल संसारकी विपशा गिरीले ४ अंक जोडिन्।

यङ हार्ट्स विरुद्धको खेलमा काठमाडौं जेभियर्स पब्लिक स्कुल १३–६ ले विजयी भयो। काठमाडौं जेभियर्सकी सुहामी बानियाँले १० अंक बटुलिन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको