रिब्स र मल्पी सेमिफाइनलमा

काठमाडाैँ। रिब्स र मल्पी इन्टरनेसनल ३१ औं ज्ञान कार्निभलअन्तर्गत गल्र्स बास्केटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

रिब्सले मल्पी सिटीलाई ३०–८ ले सहजै पराजित ग¥यो । रिब्सको जितमा इस्काले १३ अंक योगदान गरिन्। दिब्यान्श्रीको १८ अंक सहयोगमा मल्पी इन्टरनेसनलले आयोजक ज्ञानोदयलाई ३९–१८ को फराकिलो अन्तरले हरायो।

ब्वाइज बास्केटबलमा रेडियन्ट पब्लिक, टीआईए र बाल दीक्षा सदनले सेमिफाइनलमा स्थान सुरक्षित गरे। रेडियन्ट पब्लिकले मल्पी सिटीलाई ७२–६१ ले पाखा लगायो। रेडियन्टका सुशानले ३५ स्कोर गरे।

टीआईएले हिमालय ४७–२२ ले पन्छायो। टीआईका वर्दान थापाले १७ अंक बटुले। बाल दीक्षा सदनले ज्ञानोदयमाथि ५३–४८ को जित दर्ता ग¥यो। विजेताका सजेलले ३६ अंक जोडे।

ब्वाइज फुटबलमा लिटिल एन्जल्सले द एक्सेल्सियर स्कुललाई २–० गोलले पराजित ग¥यो। लिटिल एन्जल्सका सौगात मगर र प्रवीण गौतमले समान १–१ गोल गरे।

खोकनास्थित आयोजक ज्ञानोदय बाल वाटिकाको आयोजनामा भइरहेको कार्निभलअन्तर्गत गल्र्सको मैत्रीपूर्ण नेटबल खेलमा भानुभक्तले ज्ञानोदयलाई ३२–१९ ले हरायो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको