काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ।
आइतबार राति सम्पन्न खेलमा बार्सिलोना रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
बार्सिलोनाका लागि खेलको ४०औं मिनेटमा लामिन यमलले पेनाल्टी मार्फत गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर, ६७औं मिनेटमा फ्रान पेरेजको गोलमा भल्लेकानो बराबरी फर्कियाे।
सुरुआती दुवै खेल जितेको बार्सिलोना तेस्रो खेलमा बराबरीमा रोकिएको हो। बार्सिलोना ३ खेलबाट ७ अंकसहित चौथो स्थानमा छ।
