काठमाडौं। इन्टर मियामीलाई पराजित गर्दै सिएटल साउन्डर्स एफसीले लिग कपको उपाधि जितेको छ।
सोमबार बिहान सम्पन्न फाइनलमा सिएटलले इन्टर मियामीलाई ३-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक लिग कप उपाधि जितेकाे हो।
सिएटलको जितमा ओसाजे डे रोसारियो, एलेक्स रोल्डान र पौल रोथ्रोकले एक एक गोल गरे।
खेलको पहिलो हाफमै अग्रता लिएको सिएटलले दोस्रो हाफमा थप दुई गाेल गर्न सफल भयाे। इन्टर मियामीका स्टार खेलाडी लियोनेल मेस्सीले केही अवसरहरू सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्।
जितसहित सिएटलले लिग कपमा ऐतिहासिक सफलता हासिल गरेको छ भने इन्टर मियामी उपविजेतामा सीमित भएको छ।
लिग कपको यो चौथो संस्करण हो । यस अघि २०१९ मा क्रुज अजुल, २०२१ मा लेओन, २०२३ मा इन्टर मियामी र २०२४ मा कोलुम्बस क्रियुले उपाधि जितेका थिए।
