नेपाल-बंगलादेशबीच भदौ २१ र २४ गते मैत्रिपुर्ण खेल हुने, टिकट एन्फा आफैंले बेच्ने


काठमाडौं। नेपाल र बंगलादेशबीच भदौ २१ र २४ गते दुई मैत्रिपुर्ण फुटबल खेल हुने भएकाे छ। खेलका टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले विक्री गर्ने छ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ।

एन्फाले पहिलो टिकट बिक्रीको जिम्मेवारी टेन्डरमार्फत अन्यलाई दिँदै आएको थियो। तर, क्षमतालगायत अन्य कुरामा प्रश्न उठेपछि एन्फा आफैंले टिकट विक्री गर्न लागेको ‘साेमबार पत्रकार सम्मेलनमार्फ प्रवक्ता सुरेश शाहले जानकारी दिए।

पहिला अरुलाई विक्रीको जिम्मेवारी दिँदै आएका थियौं। तर, क्षमताभन्दा बढी टिकट विक्री गर्ने लगायतका कुराहरू आउन थालेपछि हामीले आफ्नो स्रोतसाधन प्रयोग गर्न लागेका हौं,’ उनले भने।

उनका अनुसार टिकट दर भीआइपीतर्फ एक हजार र सामान्य पारापिटतर्फ ५०० सय रुपैयाँ राखिएको छ। टिकट फिजिकल र अनलाइन कुन तरिकाले विक्री हुने हो भन्नेबारे भने अझै टुंगो लागिसकेको छैन।

एन्फाले यसपल्ट ८ हजार २ सय मात्रै टिकट विक्री गर्ने योजना बनाएको छ। त्यसमा एक हजारदेखि १२ सयसम्म भने भीआइपीतर्पको टिकट विक्री हुने शाहले जानकारी दिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको