काठमाडाैँ। अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्दै छ।
सेप्टेम्बर ४ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा रोज बडू, जुन बडू, समिरन भुसाल, प्रिसा खाँड, जेहाना अर्याल र कस्वि भट्टराई सहभागी हुने छन्।
अफिसियलमा निलम बानियाँ बडू र सानी महर्जन छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे। हेड कोच दिलिपराज बराल पनि समापन समारोहमा सहभागी हुन माल्दिभ्स जाने छन्।


